Websoft University -->

This special feature coming soon currently developemnt stagege

ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु


Image result for truck accident in blind trishuli river

 २१ असोज, चितवन । मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज उपचार भइरहेको छ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget