Websoft University -->

This special feature coming soon currently developemnt stagege

लाभांश भुक्तानी सम्बन्धमा प्राधिकरणको ध्यानाकर्षण

Image result for ncell
काठमाडौँ, ९ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सञ्चार माध्यममा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ को लाभांश सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकृष्ट भएको जनाएको छ । प्राधिकरणले एनसेल प्रालिलाई सेवा सञ्चालन गरेबापत प्राप्त मुनाफाको लाभांश भुक्तानीका सम्बन्धमा लाभांश विदेश लैजाने विषय मूलतः उद्योग मन्त्रालय÷विभाग तथा नेपाल राष्ट्र बैंकको कार्य क्षेत्रभित्र पर्ने स्पष्ट पारेको छ । उक्त विषयमा पटक÷पटक नेपाल राष्ट्र बैंकलाई अवगत गराइएको र लाभांश भुक्तानी दिन मिल्ने भनी कुनै प्रकारको सिफारिस यस प्राधिकरणबाट नभएको प्रवक्ता मीनप्रसाद अर्यालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । दूरसञ्चार सेवा प्रदायकले अनुमतिपत्रमा तोकिएबमोजिम सेवा सञ्चालन गरे÷नगरेको र कानुनबमोजिम बुझाउनुपर्ने अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर, रोयल्टी, फ्रिक्वेन्सी दस्तुुर बुझाए÷नबुझाएको विषयको नियमन गर्ने कार्य मात्र प्राधिकरणबाट हुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “एनसेलले बुझाउनुपर्ने उपरोक्त दस्तुर÷शुल्क बुझाउन बाँकी नरहेको तथा अनुमतिपत्रका सर्तबमोजिम सेवा सञ्चालन गरिरहेको व्यहोरा राष्ट्र बैंकले लाभांश भुक्तानी विषयमा जानकारी माग गरी लेखिएको पत्रको सन्दर्भमा गत असार २७ गते जानकारी गराइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।”
प्राधिकरणले विदेशी लगानी रहेका कम्पनीको लाभांश भुक्तानीका सम्बन्धमा प्रचलित कानुनले निर्णय गर्न सक्ने अधिकार राष्ट्र बैंक तथा उद्योग विभागलाई मात्र प्रदान गरेको अवस्थामा दूरसञ्चार क्षेत्रको नियामक निकायबाट एनसेलको लाभांश भुक्तानीका सम्बन्धमा प्राधिकरणबाट विभिन्न पत्रपत्रिकामा प्रकाशित भए जस्तो कुनै प्रकारको सिफारिस नगरिएको स्पष्ट पारेको छ । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget